काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र चाँदी रु चार हजार ३६० कायम भएको थियो । बिहीबार एक तोला सुन रु दुई लाख ८४ हजार र चाँदी रु चार हजार ३१० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्