काठमाडौँ । आन्तरिक हवाई दुर्घटनामा मृत्यु भए मृतकका परिवारलाई एक लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी ऐन, २०८३’मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । यसअघि यस्तो क्षतिपूर्तिको सीमा २० हजार अमेरिकी डलर थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो ऐनको प्रस्ताव संघीय संसदमा दर्ता समेत गराइसकेको छ ।
सो ऐनमा हवाई दुर्घटनामा मृतकको शव परिवारलाई हस्तान्तरण गर्दा मृत्यु संस्कारका लागि तत्काल कम्तीमा पाँच लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने पनि व्यवस्था उल्लेख गरिएको छ । सो रकम अन्तिम क्षतिपूर्तिबाट समायोजन हुनेछ ।
त्यस्तै, हवाई दुर्घटनामा घाइते भएका यात्रु वा तेस्रो पक्षको सम्पूर्ण उपचार खर्च सम्बन्धित एयरलाइन्स कम्पनीले नै व्यहोर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अंगभंग वा अन्य शारीरिक क्षति भए अधिकतम एक लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्नेछ ।
अर्कोतर्फ यात्रुका ब्यागेज हराए, नष्ट भए वा क्षति पुगे प्रतिकिलो २० अमेरिकी डलरका दरले अधिकतम ५०० अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि उक्त ऐनमा प्रस्ताव गरिएको छ ।
उक्त ऐनमा एयरलाइन्स कम्पनीको लापरवाहीका कारण उडान ढिलो वा रद्द भएमा यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने र सम्बन्धित एयरलाइन्सले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्