काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको नाफा १० गुणाभन्दा बढीले बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा १०३६.४६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जम्मा १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५ करोड ५९ लाख रुपैयाँबाट बढेर ४९ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको सञ्चालन नाफा पनि २ करोड २३ लाख रुपैयाँबाट बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ । लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ७७ लाख रुपैयाँबाट बढेर १६ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तको खराब कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशतमा झरेको छ । यही कारण पनि लघुवित्तको नाफामा उल्लेख्य वृद्धि देखिएको हो । नाफामा उल्लेख्य सुधार आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी (इपिएस) ४९ रुपैयाँ ८८ पैसा पुगेको छ ।
कुल चुक्ता पूँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको लघुवित्तको सञ्चित नाफा र जगेडा कोष गरी कुल कोष ४९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा लघुवित्तको निक्षेप तथा सापटी ३ अर्ब ७४ करोडबाट बढेर ५ अर्ब ५० करोड पुगेको छ भने लघुवित्तले कुल ६ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्