Skip to content
LAXMI SUNRISE BANK

सुन र चाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ४३५० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४३ हजार ४ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७३० रुपैयाँ कायम भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK