काठमाडौँ । काठमाडौँमा ‘ग्लोबल ग्याम्बिट: द पिचर्स एरिना २०२६’ कार्यक्रम सम्पन्न भएको छ । जिसीआई इन्टरप्रनरशिप क्लब, ग्लोबल कलेज इन्टरनेसनल (GCI) को आयोजनामा, ग्लोबल कलेज अफ टेक्नोलोजी (GCT) को सहकार्य तथा The Doers | Become a Doer लगायत विभिन्न साझेदार संस्थाको सहभागितामा साउन १५ देखि १७ गतेसम्म आयोजित उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
युवामा उद्यमशील सोच, नवप्रवर्तन, नेतृत्व क्षमता तथा शिक्षा-उद्योग सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा Academia-Industry Connect, Global Business Mela, Business Idea Pitching, Elevator Pitch तथा TradeX 100 लगायतका विविध कार्यक्रम सञ्चालन गरिएका थिए ।
कार्यक्रममा काठमाडौँ उपत्यकाका १३ वटा कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा आयोजित ‘Academia–Industry Connect: Where Ideas Meet Opportunities’ विषयक प्यानल छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) की पहिलो महिला अध्यक्ष भवानी राणा प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।

उनले उद्योग, नेतृत्व, उद्यमशीलता तथा युवाको भूमिकाबारे आफ्ना अनुभव साझा गर्दै शिक्षा र उद्योगबीचको सहकार्य समयको आवश्यकता भएको बताइन । प्यानल छलफलको सहजीकरण युवा अभियन्ता नवीन गिरीले गरेका थिए । छलफलमा सन्तोस पाण्डे (Country Manager, Yango Nepal), सीए अनुपमा सङ्ग्रौला (Founder, Bright Academy) तथा प्रकिरण श्रेष्ठ (First Vice President, NYEF Lalitpur) ले उद्योग र शिक्षाबीचको सहकार्य, नवप्रवर्तन, नेतृत्व विकास तथा विद्यार्थीलाई अवसरसँग जोड्ने विषयमा आफ्ना अनुभव र विचार प्रस्तुत गरेका थिए ।

त्यस्तै, ग्लोबल बिजनेश मेलामा विद्यार्थी तथा युवा उद्यमीहरूले आफ्ना उत्पादन, सेवा र व्यवसायिक अवधारणाको प्रदर्शन गर्दै प्रत्यक्ष बजार परीक्षण गर्ने अवसर प्राप्त गरेका थिए । मेलाले विद्यार्थीलाई आफ्ना व्यवसायिक अवधारणाको परीक्षण, ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया तथा बजारको अनुभव हासिल गर्ने प्रभावकारी प्लेटफर्म प्रदान गरेको आयोजकले जनाएको छ । कार्यक्रम अन्तर्गत आयोजित Business Idea Pitching Competition मा १३ वटा कलेजका उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा Texas International College प्रथम, Kasthamandap A-level Academy द्वितीय तथा Global College of Management तृतीय हुन सफल भए ।
त्यसैगरी, नेपालमै पहिलो पटक लिफ्टभित्र आयोजना गरिएको ‘Elevator Pitch’ प्रतियोगिताले विशेष आकर्षण सिर्जना गरेको थियो । सीमित समयभित्र आफ्नो व्यवसायिक अवधारणा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने उक्त प्रतिस्पर्धामा Kasthamandap A-level Academy का निशान्त ढकाल प्रथम घोषित भए । उद्यमशीलताको व्यावहारिक अनुभव दिलाउने उद्देश्यले सञ्चालन गरिएको TradeX 100 कार्यक्रममा प्रत्येक टोलीलाई रु. १०० उपलब्ध गराई दुई घण्टाभित्र त्यसलाई प्रयोग गर्दै अधिकतम प्रतिफल सिर्जना गर्ने चुनौती दिइएको थियो । वास्तविक बजार, जोखिम व्यवस्थापन तथा व्यवसायिक निर्णय क्षमतामा आधारित उक्त प्रतिस्पर्धामा Global College International A-Level टोली विजेता बन्न सफल भयो। कार्यक्रममा निर्णायकको भुमिका अनुप घिमिरे, साविया शाहा र सदेश गैरेले गरेका थिए ।

कार्यक्रम इन्चार्ज नविन गिरीका अनुसार ‘Global Gambit: The Pitchers Arena 2026’ ले विद्यार्थीमा सिर्जनशील सोच, समस्या समाधान क्षमता, नेतृत्व विकास, नवप्रवर्तन तथा उद्योगसँग प्रत्यक्ष सहकार्य गर्ने संस्कृतिलाई थप मजबुत बनाएको छ । उनले शिक्षालाई व्यवहारसँग जोड्दै भावी उद्यमी, नवप्रवर्तक र नेतृत्वकर्ताको विकासमा कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । तीन दिनसम्म सञ्चालन भएको यस कार्यक्रमले विद्यार्थी, शिक्षण संस्था र उद्योग क्षेत्रबीच सहकार्यको नयाँ आयाम स्थापित गर्दै नेपालमा विद्यार्थी केन्द्रित उद्यमशीलता प्रवर्द्धनका लागि प्रभावकारी मञ्चका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्