Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकले माइतीघरमा प्रदर्शन गरेका छन् ।

परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बिना शर्त रिहाइ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको हो ।

विभिन्न आठ बुँदे माग राख्दै नागरिक बचाउ महाअभियान, नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालले सोमबार प्रदर्शन गरेका हुन् ।

उनीहरुले दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, १२ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैंक, सहकारी र मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK