Skip to content
LAXMI SUNRISE BANK

उच्च शिक्षाका लागि विदेश जाने नेपालीको संख्या बढ्यो, ११ महिनामा विद्यार्थीसँगै १ खर्ब २४ अर्ब पनि विदेशियो !

अर्थ सरोकार

काठमाडौँ । उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरु बढेका छन् । स्वदेशमा उच्च शिक्षाका लागि पर्याप्त अवसर र पूर्वाधार नभएपछि उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरु बढेका हुन् । 

पछिल्लो ११ महिनामा मात्र नेपालबाट उच्च शिक्षाका लागि विदेशी मुलुक जाने नेपाली विद्यार्थीसँगै १ खर्ब २४ अर्ब रुपैयाँ बढी रकम पनि विदेशिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको ११ महिना (साउनदेखि बैशाखसम्म) मा १ खर्ब २४ अर्ब ८० करोड रुपैयाँ विदेशिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सोही अवधि (११ महिना) मा उच्च शिक्षाका लागि नेपालबाट १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ विदेशिएको थियो । यो तथ्यांकले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष उच्च शिक्षाका लागि विदेश जानेहरु बढेको तथ्यलाई पुष्टि गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK