काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्दै आएका ४४ वर्षीय नवराज भट्ट रहेका छन् ।
भट्टले आकर्षक तलबको प्रलोभन देखाउँदै क्रोएसिया पठाइदिने आश्वासन दिएर एक जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ लिएको तर पछि सम्पर्कविहीन भएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा उनलाई काठमाडौं महानगरपालिका-३१ शंखमूलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्