चितवन । चितवनमा ५ सय २१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदन अनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३ सय ३८ ठगी भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये दुई करोड २९ लाख ९८ हजार ६ सय ४३ फिर्ता समेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उनले बताए । त्यस्तै, उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उनले जानकारी दिएका छन् ।
एसपी पौडेलका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य रुपमा २०० देखि लाखौँसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिएका छन् ।
अनलाइन ठगीका निवेदन आउने क्रम दैनिकजसो भएकाले यसबाट सजग रहन उनले आग्रह गरेका छन् । अपरिचित व्यक्तिले पठाएको रिक्वयष्ट एसेप्ट गर्ने, अनावश्यक लिङ्क नखोल्नेजस्ता कार्यहरु गर्न उनले आग्रह गरेका छन् ।
यस्तै गत आवमा साइबर क्राइमसम्बन्धी ३ सय ९० निवेदन दर्ता भएका छन् । यसमध्ये ३ सय ७५ निवेदनको फछ्र्योट भएका छन् । १५ निवेदन बाँकी छन् । यहाँ परेका निवेदनलाई नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वय गरेर काम गरिएको उनले जानकारी दिएका छन् । उनका अनुसार अघिल्लो आव २०८१÷०८२ मा यो सङ्ख्या ४ सय ११ थियो । तीमध्ये ३ सय ९८ निवेदन फछ्र्योट गरिएको छ । यसमध्ये १३ बाँकी थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्