काठमाडौँ । एनएमबी बैंक लिमिटेडको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४०.६० प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँबाट १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि २ अर्ब १४ रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यता बैंकको सञ्चालन नाफा पनि २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको इपिएस ५ रुपैयाँ ३८ पैसाले बढेर १४ रुपैयाँ २२ पैसाबाट २० रुपैयाँ १८ पैसा पुगेको छ । यस अधिमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ८१ रुपैयाँ १५ पैसा कायम भएको छ ।
कुल चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकको निक्षेप २ खर्ब ८० अर्ब ९२ करोडबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड पुगेको छ भने समीक्षा अवधिमा बैंकले कुल २ खर्ब ४९ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्