Skip to content
LAXMI SUNRISE BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा र इपिएस दुवै बढ्यो

अर्थ सरोकार

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८२.९६  प्रतिशतले बढेको हो । असार मसान्तसम्ममा बैंकले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ६४ करोड ५६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा पुगेको छ । इम्पेरमेन्ट चार्ज घट्दा बैंकको नाफा बढेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ९१ करोड ११ लाख रहेको थियो ।

त्यस्तै, असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ पुगेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि १०.२८ रुपैयाँले बढेर २३.५२ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.६४ गुणा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK