Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट बैंकको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

अर्थ सरोकार

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४.७५ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले कुल ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खदु नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज अम्दानी ०.९७ प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख पुगेको छ । बैंकाले सञ्चालन नाफा पनि ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको नाफा बढे पनि प्रतिसेयर आम्दानी (इपिएस) भने घटेको छ । यस अवधिमा बैंकको इपिएस ०.४४ पैसा घटेर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २ सय ५६ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने बैंकले सोही अवधिमा २ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK