Skip to content
LAXMI SUNRISE BANK

टुच्च बढ्यो नेप्से, ४ अर्ब ४० करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५० कम्पनीको १ करोड ६७ हजार ७३२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोपावरको भएको छ । यस कम्पनीको ५८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK