Skip to content
LAXMI SUNRISE BANK

नक्कली भूमिहीन बनेर जग्गा लिन खोज्नेलाई कारवाही हुने !

अर्थ सरोकार

काठमाडौँ । नक्कली भूमिहीन बनेर गलत विवरण देखाएर जग्गा लिन खोज्नेलाई कारवाही हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । 

समितिको सूचना अनुसार भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा अभिलेख पेश गर्नेलाई कारवाही गरिने भएको छ । 

समितिले उक्त प्रक्रियामा जग्गा पाइने लोभले आफ्नो वास्तविक विवरण नदिने, गलत विवरण दिने वा नक्कली अभिलेख पेश गर्ने र सो तथ्य प्रमाणित भए त्यस्तो कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । 

‘भूमि सम्बन्धी ऐन, २०२१’ अनुसार यस्तो कार्य कसुरजन्य कार्य हुने समितिले जनाएको छ । समितिका अनुसार यस्तो कार्य गर्नेलाई सोही ऐनको दफा ५२ (घ) बमोजिम कारवाही हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK