काठमाडौँ । सरकारी कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेर पठाएको हो ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरिएको थियो । सोही घोषणा अनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान स्वीकृतिका लागि साउन ६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएको थियो ।
अन्ततः प्रधानमन्त्री कार्यालयले सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ । योसँगै सरकारी कर्मचारीको बढेको तलब साउन १ गतेदेखि लागू हुनेछ ।
नयाँ तलबमान अनुसार सबैभन्दा धेरै तलब मुख्य सचिवको छ । अब मुख्य सचिवले ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् । त्यस्तै, सबैभन्दा कम तलब प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन् ।
त्यस्तै, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिव सरह तलब पाउनेछन् भने नेपाली प्रहरीका महानिरीक्षकले ८४ हजार ५ सय ७६ रुपैयाँ तलब पाउनेछन् । यस्तो त स्वीकृत भएको कर्मचारीको नयाँ तलबमानः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्