Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य आकाशियो, एकैदिन ८ हजारले बढेर तोलाकै दुई लाख ९६ हजार पुग्यो !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ९५ रुपैयाँले बढेर प्रतितोला ४५७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५३ हजार ७ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९१८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK