काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व संकलन गरेको हो ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट आव २०८२/८३ मा सो कार्यालयले रु ५७ करोड १५ लाख ३० हजार ६३६ राजस्व संकलन गरेको कार्यालय प्रमुख वासुदेव मल्लले बताएका छन् ।
उनले उक्त राजस्व अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु नौ करोड ५४ लाख १३ हजार ३४४ कम संकलन भएको जानकारी दिए । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु ६६ करोड ६९ लाख ४३ हजार ९८० राजस्व संकलन गरेको थियो ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन, आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागले सफ्टवेयर निर्माणका क्रममा ढिलाइ भएको कारण राजस्व संकलनमा कमी आएको बताइन्छ ।
कार्यालय प्रमुख मल्लका अनुसार आव २०८२/८३ मा मोटरसाइकल १६ हजार ९५७ वटा, बस/ट्रक १८७ वटा, टेम्पो/विद्युतीय रिक्सा एक हजार ९०२ वटा, ट्याक्टर एक हजार २२ वटा, जिप/कार २२६ वटालगायत गरी २१ हजार २९४ वटा नयाँ सवारी दर्ता भएको छ । यस अवधिमा नयाँ र वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारीचालक अनुमतिपत्र वितरण गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्