काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।
साथै, आईपीओबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्ताव तथा आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल तथा पारित गरिनेछ । त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण, वार्षिक प्रतिवेदनलगायतका नियमित प्रस्तावहरू समेत पारित गर्नेछ ।
होटल सिराईचुली लिमिटेडले आईपीओ निष्कासनमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने तथा प्राप्त पुँजीलाई व्यवसाय विस्तार र पूर्वाधार विकासमा उपयोग गर्ने तयारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्