Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १३.८२ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता एलएस होराइजन १२ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK