Skip to content
LAXMI SUNRISE BANK

कालो चस्मा लगाएर संसद् बैठकमा जान नपाइने, गए बैठकमै बस्न नदिइने !

अर्थ सरोकार

काठमाडौँ । अबदेखि प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर जान नपाइने भएको छ । सभामुख डोलप्रसाद अर्यालले अबदेखि बैठकमा कालो चस्मा नलगाई उपस्थित हुन निर्देशन दिएका हुन् । 

सबै दलका पदाधिकारी सदस्य रहने कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्ने क्रममा संसद्को गरिमा र मर्यादा कायम राख्न भन्दै सभामुख अर्यालले सो निर्देशन दिएका हुन् ।

कालो चस्मा नलगाउनसँगै सभामुख अर्यालले बैठकमा आउँदा अनिवार्य तोकिएको ड्रेस कोडमा आउन पनि निर्देशन दिएका छन् । त्यस्तै, बैठक चलिरहेको बेला अत्यावश्यकबाहेक बाहिर जान नपाउने नियमबारे पनि जानकारी गराएका छन् । 

सभामुखको भनाई उदृत गर्दै एक सांसदले भने, ‘अबदेखि संसदमा कालो चस्मा लगाएर जान पाइने छैन । अनिवार्य ड्रेसकोड प्रयोग गर्नुपर्नेछ । अमर्यादित भएर संसदमा आए सभामुखले बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको छ ।’ 

त्यस्तै, सभामुख अर्यालले सांसदहरुलाई बैठकमा सहभागी हुँदा तोकिएको पोशाकसँगै आधिकारिक लोगोसमेत अनिवार्य प्रयोग गर्न पनि निर्देशन दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK