Skip to content
LAXMI SUNRISE BANK

बैठक चलिरहेका बेला सांसदले सेयर कारोबार गर्न नपाउने !

अर्थ सरोकार

काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल (डिपी अर्याल)ले संसद बैठक चलिरहेका बेला सेयर कारोबार गर्न नपाइने नियम ल्याएका छन् । बैठक चलिरहेका बेला कतिपय सांसदहरुले सेयर कारोबार गर्ने गरेको सूचना आएपछि अर्यालले यस्तो नियम ल्याएका हुन् । 

कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्दै सभामुख अर्यालले सो नियमका बारेमा जानकारी गराएका थिए । 

बैठकमा कतिपय सांसदहरु ल्यापटपमा सेयर कारोबार गरिरहेको देखिन्थे । संसद् बैठकमा आइसकेपछि सांसदहरु बैठकमै केन्द्रित हुनुपर्ने भए पनि अन्य काममा व्यस्त हुनु संसदीय मर्यादा विपरीत भएको भन्दै सो नियम ल्याउनुपरेको बताइएको छ । 

अर्कोतर्फ सभामुख अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा नलगाई आउन पनि निर्देशन दिएका छन् । त्यस्तै, सांसदहरुलाई बैठकमा आउँदा अनिवार्य ड्रेसकोड र आधिकारिक लोगो लगाउन पनि सभामुखले निर्देशन दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK