काठमाडौँ । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरबाट तेल चोरेर बेच्ने ७ जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका-१४ स्थित बाइपास सडकखण्डमा ट्यांकरबाट अनधिकृत रुपमा तेल चोरी गरेर बेच्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आयल सेन्टरका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा शाखामा कार्यरत २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार र सहचालक २० वर्षीय सन्देश राना मगर, तथा ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगर रहेका छन् ।
उनीहरुलाई वीरगञ्ज-१४ स्थित सौदागर आयल सेन्टरबाट ना ७ ख १५३९ नम्बरको ट्यांकरबाट फलामको पाइपको हुक प्रयोग गरी सिल उचालेर तेल चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल ट्यांकरबाट पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न ट्यांकरसमेत नियन्त्रणमा लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्