Skip to content
LAXMI SUNRISE BANK

सम्पत्ति शुद्धिकरणमा चक्रे मिलनलाई सर्वोच्चले दियो सफाइ

अर्थ सरोकार

काठमाडौँ । सम्पत्ति शुद्धिकरणमा मिलन गुरुङ (चक्रे मिलन)ले सफाइ पाएका छन् । गुण्डागर्दीबाट अवैध रुपमा सम्पत्ति कमाएको आरोप लागेका गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सर्वोच्च अदालतले सफाइ दिएको हो । 

सर्वोच्चका न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले ८ वर्षअघिको विशेष अदालतको फैसला सदर गर्दै गुरुङ र उनकी श्रीमतीलाई सफाइ दिएको छ ।

गुरुङ र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी रुपमा ७ करोड ८ लाख रुपैयाँ आर्जन गरेको आरोप लगाएको थियो । सो मुद्दामा विशेष अदालतले उनीहरुलाई २०७४ माघ १० गते सफाइ दिएको थियो । 

तर, विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो । हाल सर्वोच्चले विशेषकै फैसला सदर गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK