Skip to content
LAXMI SUNRISE BANK

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, कति दिने भयो ?

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार सेयरधनीहरुलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २०औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

बैंकको मिति २०८३ साउन २२ गते शुक्रबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ४१९ औं बैठकले उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK