काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटि स्पाबीच छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारीेलाई व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत तथा यस बैंकमा खाता खोलेका ग्राहकका लागि व्यक्तिगत स्पामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका बरिष्ठ नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशी र ट्रांक्यूलिटि प्रालिका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन् । यो सम्झौता २०८३ साउनदेखि दुई वर्षका लागि लागू हुने छ ।
यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका कर्मचारी तथा ग्राहक महानुभावलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्