Skip to content
LAXMI SUNRISE BANK

क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजद्वारा मार्जिन ट्रेडिङ सेवा सुरु

अर्थ सरोकार

काठमाडौँ । क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि. (स्टक ब्रोकर नम्बर ५०) ले आफ्ना ग्राहक तथा लगानीकर्ताहरूका लागि सोमबारबाट मार्जिन ट्रेडिङ्ग सुविधा शुभारम्भ गरेको छ । नेपाल धितोपत्र बोर्डको नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) ले तोकेको कार्यप्रक्रिया बमोजिम कम्पनीले मार्जिन ट्रेडिङ्ग सेवा प्रारम्भ गरेको हो ।

यो सेवा मार्फत योग्य लगानीकर्ताहरूले तोकिएको प्रारम्भिक मार्जिन जम्मा गरी कम्पनीमार्फत सुविधा उपभोग गरी योग्य सूचीकृत कम्पनीका सेयरहरू खरिद गर्न सक्नेछन् । यो सेवाको सञ्चालन पूर्णरूपमा प्रचलित कानुन, नियामकीय व्यवस्था तथा कम्पनीको आन्तरिक जोखिम व्यवस्थापन नीति अनुसार हुने जनाईएको छ ।

यो सुविधा लिन इच्छुक लगानीकर्ताहरूले आवश्यक कागजातसहित कम्पनीको कार्यालयमा उपस्थित भई आवेदन दिन र सम्झौता गर्न अनुरोध गरिएको छ ।

यसका लागि क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा.लि.ले ३०% प्रारम्भिक मार्जिन र ७०% मार्जिन ऋणमा आधारीत निम्नाअनुसारको मार्जिन ऋण सुबिधा योजना प्रस्तुत गरेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK