Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डका अध्यक्षले भने- ‘ऐन निर्माणमा ढिलाई भए अध्यादेश ल्याएर भए पनि सेयर बजार सुधार्छौं’

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपालप्रसाद भट्टले अध्यादेश ल्याएरै भए पनि सेयर बजारका समस्या सुल्झाउने बताएका छन् । नेपाल सेयर बजार लगानीकर्ता संघका प्रतिनिधिसँगको छलफलका क्रममा बोर्ड अध्यक्ष भट्टले यस्तो बताएका हुन् । 

उनले सेयर बजारका समस्या समाधान गर्न विद्यमान कानूनी जटिलता फुकाउन नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाई भए अध्यादेश ल्याएर भए पनि समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

छलफलमा संघका पदाधिकारीले सेयर बजारलाई केही सीमित समूहको कमाउने भाँडो नभएर देशको अर्थतन्त्र सुधार्ने वास्तविक माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । 

त्यस्तै, उनीहरुले इन्साइडर ट्रेडिङ, चलखेल र समाजिक सञ्जालमार्फत फैलाइने हल्ला नियन्त्रणबारे कडा व्यवस्था गर्न पनि सुझाव दिएका छन् । अर्कोतर्फ पछिल्लो समय लगानीकर्ताको कन्फिडेन्स डाउन हुँदा ओरालो लागेको सेयर बजारमा मनोबल बढाउनेगरी काम गर्न पनि उनीहरुले आग्रह गरेका छन् । 

यता बोर्डका अध्यक्षले सेयर बजार सुधारका लागि काम अघि बढाइसकेको बताएका छन् । उनले नीतिगत सुधारमार्फत नै बजार सुधारको काम अघि बढाएको दाबी गर्दै ऐन निर्माणमा ढिलाई भए अध्यादेश ल्याएर भए पनि सुधारका काम अघि बढाइने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK