काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) विरुद्ध दायर मुद्दाको घटनाले बैंकभित्र कुनै असर नगर्ने स्पष्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै बैंकले यस्तो स्पष्ट पारेको हो ।
सोही विज्ञप्तिमार्फत बैंकले उक्त घटनाबाट बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्य सम्पादनमा कुनै पनि अवरोध सृजना नभएको बताएको छ ।
त्यस्तै, बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको स्पष्ट गर्दै बैंकले बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखेर नियमित, सुरक्षित र निर्वाध रुपमा सेवा सञ्चालन भइरहेको र भइरहने पनि बैंकले प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगको अपिल गरेको छ ।
साथै बैंकले बैंकका सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन पनि आग्रह गरेको छ । त्यस्तै, बैंकले निक्षेपकर्ता, सेयरधनी र सरोकारवालाबाट प्राप्त सद्भाव र विश्वासप्रति पनि आभार प्रकट गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्