Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार ७.३७ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४४ कम्पनीको ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार अग्रिकल्चार बोण्ड (९ वर्ष) को भएको छ । यस कम्पनीको ७० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK