Skip to content
LAXMI SUNRISE BANK

नाग पञ्चमी: नागको फोटोको व्यापार बढ्यो, दुबो र गोबर पनि बेच्दैछन् व्यापारी ! ( तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । नाग पञ्चमी नजिकिएसँगै नागको तस्विरमा किन्नेहरुको भीड बढेको छ । भदौ १ गते परेको नाग पंचमीका लागि काठमाडौंका असन, इन्द्रचोक, पाटनको मंगलबजार तथा भक्तपुरमा नागको तस्विर, गोबर र दुबो बेच्न राखिएको छ ।

शास्त्रअनुसार नागपञ्चमीको दिन बिहान सबेरै स्नान गरी शुद्ध भई घरको मूलढोकामाथि नागको चित्र टाँस्ने शास्त्रीय परम्परा छ । चित्र टाँसेपछि त्यसमाथि गाईको शुद्ध दुध, दही, अक्षता, सिन्दूर, लावा (धानको भुटेको फूल) र बेलपत्र अर्पण गरिन्छ । यसो गर्नाले उक्त घरमा चट्याङ (वज्रपात), अग्निभय, सर्पदंश र भूतप्रेतको बाधा कहिल्यै नहुने पुराणमा उल्लेख छ । बाँकि तस्विरमा हेर्नुहोस्:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK