काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बादीतर्फ गएको बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ गएको बताएका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरे ।
नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षता समेत नभएको ओलीले टिप्पणी गरेका छन् । अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको भन्दै ओलीले खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै, नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा दिन पनि नसक्ने जिकिर गरेका छन् ।
सिक्दै नसकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको उनको भनाइ छ । ओलीले सीप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गरेका छन् । अनुभवी र दक्ष नेतृत्वको अभावमा देशको अवस्था बिग्रिएको तर्क गर्दै उनले ‘उरन्ठेउला’ व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको आरोप समेत लगाएका छन् ।
त्यस्तै, संविधानको रक्षाका विषयमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको र यसलाई सही बाटोमा फर्काउनु अनिवार्य रहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्