काठमाडौँ । सरकारले उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले रद्द गरेको चुनढुंगा खनिज उत्खनन अनुमति पत्र पुनः नवीकरण गरेर बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन गर्ने तयारी गरेको हो ।
ओली नेतृत्वको सरकारले २०८१ सालमा चुनढुंगा उत्खनन अनुमतिपत्र रद्द गरिदिएको थियो । तर, २०८३ असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अनुमतिपत्र नवीकरण गरेको छ ।
मन्त्रिपरिषद् बैठकले उदयपुर सिमेन्ट उद्योग लिमिटेडले खानी तथा भूगर्भ विभागलाई तिर्न बाँकी ७४ लाख ९७ हजार ३ सय ३१ रुपैयाँ ९५ पैसा बक्यौता अर्थ मन्त्रालयले उपलब्ध गर्ने पनि निर्णय गरेको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले बक्यौता बापतको सो रकम भूगर्भ विभागलाई उपलब्ध गराइसकेको छ । योसँगै अब सरकारले उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक नियुक्त गरेर उद्योग सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्