काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसदमा आएर बोल्न रुलिङ गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै सभामुखले यस्तो रुलिङ गरेका हुन् ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् ।
प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने र सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने भन्दै विपक्षी दलका सांसदहरुले विरोध गर्दै आएका छन् । सोमबार सभामुखले संसदमा उपस्थित भएर प्रधानमन्त्री शाहलाई जवाफ दिन रुलिङ गरेपछि विपक्षी दलका सांसदहरुले समर्थन जनाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्