Skip to content
LAXMI SUNRISE BANK

शिक्षा प्रणालीलाई समयअनुकूल परिवर्तनमा जोड

अर्थ सरोकार

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले शिक्षा प्रणालीलाई समयअनुकूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा आज आयोजित १५औँ संस्करणको कुसोम रोजगारी तथा इन्टर्नसिप मेलाको उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष अग्रवालले शैक्षिक संस्था र उद्योग एवं व्यवसाय क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनले एआईलाई अनुसन्धान, उत्पादकत्व वृद्धि, सिर्जनशीलता, विश्लेषण र नवप्रवर्तनको उपकरणका रूपमा प्रयोग गर्नुपर्ने राय व्यक्त गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK