काठमाडौँ । कास्कीको रूपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
रूपाकोट रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रिसोर्टलाई आईपीओ निष्कासनसम्म आवश्यक परामर्श तथा सहजीकरण सेवा उपलब्ध गराउनेछ ।
एनआईसी एशिया क्यापिटलले आफ्नो ‘IDEA to IPO’ सेवाअन्तर्गत कम्पनीलाई स्थापनादेखि सार्वजनिक कम्पनीमा रूपान्तरण तथा सर्वसाधारणका लागि सेयर निष्कासनसम्म आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ ।
पोखरा, कास्कीमा अवस्थित रूपाकोट रिसोर्ट पर्यटकीय तथा आतिथ्य क्षेत्रमा स्थापित गन्तव्यका रूपमा रहेको छ । प्राकृतिक सौन्दर्य, हिमाली दृश्य तथा रूपा र बेगनास तालको मनोरम दृश्यावलोकन गर्न सकिने रिसोर्टले आवास, खानपिन, मनोरञ्जन तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि सुविधा प्रदान गर्दै आएको छ ।
रिसोर्टले पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विभिन्न विशेष समारोहका लागि समेत सेवा उपलब्ध गराउँदै आएको छ ।
एनआईसी एशिया क्यापिटलले ‘IDEA to IPO’ सेवामार्फत आईपीओ निष्कासन गर्न चाहने कम्पनीलाई आवश्यक कानुनी, वित्तीय तथा प्रक्रियागत परामर्श उपलब्ध गराउँदै आएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्