काठमाडौँ । मिटरब्याज साहुहरु पनि आन्दोलनमा उत्रिएका छन् । सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउँदै मिटरब्याज साहुहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले सहमतिमा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्स जस्ता सबै प्रक्रियालाई अवैध भनेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले साहु र ऋणी दुवै पक्षलाई सँगै राखेर दुवै पक्षको कुरा सुन्नुपर्ने र सहमति सच्याउनुपर्ने माग गरेका छन् ।
उनीहरुले लेनदेन गर्न पाउनुपर्ने र आफूहरुले विभिन्न समयमा दिएको ऋण असुल गर्न पाउनुपर्ने माग गरेका छन् ।
‘हामीले दिएको पैसा उठाउन पाउनुपर्छ । ऋणीहरुले खाएको ऋण तिर्नुपर्छ ।’, सिराहाका मिटरब्याज साहु महेश्वरप्रसाद यादवले भने, ‘सरकारले एकतर्फी निर्णय र सहमति गरेर हुँदैन ।’
त्यस्तै, उनले यदि आफूहरुले दिएको ऋण उठाउन नपाउने हो भने आफूहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि नतिर्ने बताएका छन् । ‘हामीले ऋण दिएका मात्र छैनौँ, लिएका पनि छौँ ।’, उनले भने, ‘नियम एकतर्फी हुनु हुँदैन । हामीले दिएको ऋण उठाउन नपाउने हो भने बैंकबाट लिएको ऋण पनि हामी तिर्दैनौँ ।’
काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका मिटरब्याज साहुहरुले आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन नरोक्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई घुँडा टेकाएरै छोड्ने अडान लिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्