Skip to content
LAXMI SUNRISE BANK

०.२६ अंकले घट्यो नेप्से, ३ अर्ब २९ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४६ कम्पनीको ९५ लाख ८ हजार ८८२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार साहस उर्जा लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK