काठमाडौँ । अमेरिकाको सरकारी ऋण ४० ट्रिलियन डलर नाघेको छ । ट्रेजरी विभागका अनुसार अमेरिकाको कुल सरकारी ऋण पहिलोपटक ४०.०४७ ट्रिलियन डलर पुगेको हो ।
अमेरिकाको कुल ऋणमध्ये ३२.२६६ ट्रिलियन डलर ऋण सर्वसाधारण तथा लगानीकर्तासँग रहेको ट्रेजरी ऋणपत्र र ७.७८२ ट्रिलियन डलर सरहकारी निकायबीचको ऋण भएको विभागले जनाएको छ ।
अमेरिकाको ऋण ह्वात्तै बढेपछि बजेट निगरानी गर्ने संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । ती संस्थाहरुले तत्काल कदम नचाले अमेरिकामा गम्भीर वित्तीय संकट निम्तिन सक्ने भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।
यसो त डोनाल्ड ट्रम्प पहिलो पटक राष्ट्रपति हुँदा अमेरिकाको ऋण सन् २०१७ मा १९.९५ ट्रिलियन डलर रहेको थियो । सो अनुसार उनी दोस्रो पटक राष्ट्रपति हुँदा अमेरिकाको सरकारी ऋण दोब्बर बढी हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्