Skip to content
LAXMI SUNRISE BANK

मध्यपूर्वमा तनावः प्रमुख तेल उत्पादक देश इरानमै पेट्रोलको अभाव, संकट झनै चुलिँदै !

अर्थ सरोकार

काठमाडौँ । विश्वकै प्रमुख तेल उत्पादक देश इरानमा पेट्रोलको अभाव बढेको छ । सीमित उत्पादन, आयातमा समस्या र इन्धन भण्डारणमा परेको दबाबका कारण इरानमा पेट्रोल संकट गहिरिँदै गएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इरानमा पछिल्ला दिन पेट्रोलको खपत निरन्तर बढ्दो छ । हाल इरानमा दैनिक करिब १३ करोड ५० लाख लिटरसम्म पेट्रोल खपत भइरहेको छ । 

पेट्रोलको खपत निरन्तर बढिरहँदा कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) को प्रयोग भने घट्दो छ । पेट्रोलको खपत बढिरहँदा खपत र उत्पादनबीचको अन्तर भने कायमै छ । 

यही स्थिति रहे विश्वकै प्रमुख तेल उत्पादक देशमध्ये एक इरानमा पेट्रोल संकट गहिरिने भन्दै उर्जा क्षेत्रसँग सम्बन्धित अधिकारीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK