Skip to content
LAXMI SUNRISE BANK

सोमबार १९.१३ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ्स मिल्सको भएको छ । यस कम्पनीको १२ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK