Skip to content
LAXMI SUNRISE BANK

रसुवा महाप्रलयः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी हराए, हेलिकप्टर पठाएर खोजी गरिँदै !

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा कार्यालय पनि बगाएको छ । बाढीले बैंकको टिमुरेस्थित शाखा बगाएको हो ।

शाखा कार्यालय नै बाढीले बगाएपछि कर्मचारी पनि बाढीसँगै हराएका छन् । हराएका आफ्ना कर्मचारीहरुसँग निरन्तर सम्पर्कको प्रयास गरे पनि सम्पर्क हुन नसकेको बैंकका सूचना अधिकारी प्रमोद आचार्यले बताएका छन् । 

आचार्यका अनुसार बाढीपछि आफ्ना कर्मचारी सम्पर्कमा नआएपछि बैंकले तत्काल हेलिकप्टर पठाएर कर्मचारीको खोजी गरेको थियो । 

बुधबार रातीसम्म खोजी गर्दा पनि कर्मचारीहरु नभेटिएपछि बिहीबार बिहानैदेखि उनीहरुको खोजीकार्य सुरु गरिएको आचार्यले बताएका छन् । उनका अनुसार बिहीबार पनि कर्मचारीहरुको खोजीका लागि हेलिकप्टर पठाइँदैछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK