Skip to content
LAXMI SUNRISE BANK

बाढी प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने एक्स्ट्रिमको घोषणा

अर्थ सरोकार

काठमाडौँ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढी प्रभावितका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बुधबार भोटेकोशीमा आएको बाढीको वितण्डापछि एक्स्ट्रिमले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । 

विपद्का कारण प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनिकरण गर्न उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ । सयौँले ज्यान गुमाइसकेका छन् भने सयौँ अझै बेपत्ता छन् । 

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बुधबारदेखि नै राज्यका सबै संयन्त्र उद्धार, राहत र खोजीकार्यमा परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजीकार्यको सहजताका लागि सरकारले सहयोगको अपिल समेत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK