काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि ग्लोबल आइएमई बैंकले ५ करोड सहयोग गर्ने घोषणा गरेको छ । बैंकले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
बुधबार बिहान करिब सवा ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको छ ।
हाल राज्यले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहतमा राज्यका सबै संयन्त्र परिचालन गरेको छ । यहीबीच सरकारले प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोगको अपिलसमेत गरेको थियो ।
यहीबीच ग्लोबल आइएमई बैंकले समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगस्वरुप ५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको हो ।
बाढीका कारण स्थानीय बस्ती, पुल, सडक सञ्जाल र जलविद्युत आयोगजनाहरुमा ठूलो क्षति पुर्याएको छ । दर्जनौँ बस्ती पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । सयौँ नागरिकले ज्यान गुमाइसकेका छन् भने अझै सयौँ बेपत्ता छन् । हाल उनीहरुको खोजीकार्य भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्