Skip to content
LAXMI SUNRISE BANK

भेटेकोशी बाढीः सानिमा बैंकका २ कर्मचारी हराए, देख्नेले खबर गर्न बैंकको अनुरोध

अर्थ सरोकार

काठमाडौँ । सानिमा बैंकका दुई जना कर्मचारी बेपत्ता भएका छन् । बुधबार भोटेकोशीमा एक्कासि आएको बाढीमा बैंकका दुई जना कर्मचारी बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा बैंकको टिमुरे शाखामा कार्यरत सुभद्रा न्यौपाने र बुढा साङ घले रहेका छन् । 

बाढीपछि हालसम्म दुवै कर्मचारी सम्पर्कविहीन भएको बैंकले जनाएको छ । नियमित रुपमा सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि बैंकले फोटोसहितको विवरण नै सार्वजनिक गरेर खोजीकार्यमा सहयोग गर्न अपिल गरेको छ । 

बैंकले हराएका दुई कर्मचारीलाई कसैले देखे, भेटे वा उनीहरुको अवस्थाबारे जानकारी पाए तत्काल खबर गर्न अनुरोध गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK