Skip to content
LAXMI SUNRISE BANK

लासबाट सुनका गहना चोर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । लास (शव) बाट सुनका गहना चोर्ने व्यक्ति पक्राउ परेका छन् । बुधबार भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको लासबाट सुनका गहना चोर्ने २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाढीले बगाएर किनारमा ल्याएको शवलाई तानीतानी सुनका गहना तानेको भिडियो भाइरल भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

भाइरल भिडियोमा दुई जना व्यक्तिले शवलाई किनारमा तानेर कान र घाँटीमा लगाएको सुनका गहना तानेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो भिडियो भाइरल भएपछि सांसद तथा नागरिकस्तरबाटै उनीहरुलाई पक्राउ गर्न दबाब सृजना गरिएको थियो । अन्ततः प्रहरीले ती दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK