Skip to content
LAXMI SUNRISE BANK

विपत्तिमा कालोबजारीः गोरखामा बाँडिएका ग्यास सिलिण्डरको तौल झण्डै ५ किलो कम !

अर्थ सरोकार

काठमाडौँमा । विपत्तिमा पनि खाना पकाउने एलपी ग्यासमा कालोबजारी भएको पाइएको छ । गोरखामा वितरण भएका ग्यासमा व्यापक कालोबजारी भएको पाइएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जाल (फेसबुक) मार्फत ग्यासमा कालोबजारी भइरहेको जनाएका हुन् । उनले उक्त विषयमा तत्काल छानविन गरी कारवाही प्रक्रिया अघि बढाइएको समेत बताएका छन् । 

सांसद बुर्लाकोटीका अनुसार गोरखामा वितरण भइरहेका एलपी ग्यासका सिलिण्डर स्ट्याण्डर्ड तौल भन्दा करिब ५ किलो कम छन् । 

यसरी विपत्तिमा पनि कालोबजारी भइरहेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर कारवाही प्रक्रिया अघि बढाइएको बुर्लाकोटीको भनाई छ । उनले विपद्को मौका छोपेर हुनसक्ने सम्भाव्य अनियमितताको कडा अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK