Skip to content
LAXMI SUNRISE BANK

पेट्रोलियम पदार्थको मूल्य यथावत्, तर निगमलाई पाक्षिक १ अर्ब २४ करोड घाटा !

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि वर्तमान परिस्थितिलाई ध्यान दिँदै अहिलेका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निगमले निर्णय गरेको हो । 

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलको मूल्य प्रतिलिटर ३.३४ रुपैयाँ, डिजेल ४.३३ रुपैयाँ, मट्टितेल १०.१९ रुपैयाँ, हवाई इन्धन ४.९६ रुपैयाँ र एलपी ग्यास प्रति सिलिण्डर ३५.६२ प्रतिशतले बढेर आएको छ । 

तर, भोटेकोशीमा आएको बाढी कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै भदौ १७ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरिएको निगमले जनाएको छ । 

यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रुपमा १ अर्ब २४ करोड ३७ लाख रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK