Skip to content
LAXMI SUNRISE BANK

बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको सहयोग

अर्थ सरोकार

काठमाडौँ । भारतले बाढी प्रभावितहरुको लागि पाँचौँ खेपको सहयोग पठाएको छ । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि भन्दै भारतले पाँचौँ पटकको सहयोग पठाएको हो ।

बुधबार बिहानै विमानमार्फत पाँचौँ खेपको सहयोग पठाएको भारतीय विदेशमन्त्री डा. एस जयशंकरले जानकारी दिएका छन् । 

उनले उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५.५ टल अत्यावश्यक औषधि लिएर विमान नेपालतर्फ प्रस्थान गरेको बताएका छन् । 

यसअघि भारतले भदौ १४ गते ११ टन राहत सामाग्री र प्राविधिक टोली नेपाल पठाएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK