Skip to content
LAXMI SUNRISE BANK

राजमार्ग सहज नहुँदासम्म बुद्ध एयरले हवाई भाडा नबढाउने !

अर्थ सरोकार

काठमाडौँ । राजमार्ग सहज नहुँदासम्म हवाई भाडा नबढ्ने भएको छ । बुद्ध एयरले बाढीका कारण क्षति भएको राजमार्ग पुनः सहज नहुँदासम्म भाडा नबढाउने घोषणा गरेको हो ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा क्षति पुर्याउँदा सडक सञ्जाल पूर्ण रुपमा अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आउने÷जाने ठूला सवारीसाधान ठप्प छन् । राजमार्ग अवरुद्ध भएसँगै हवाई चाप बढेको छ । यहीबीच राजमार्ग सहज नहुँदासम्म हवाई भाडा नबढाउने बुद्ध एयरले घोषणा गरेको छ ।

बुद्ध एयरले सडक पुनर्निर्माण भएर राजमार्ग पुनः सञ्चालनमा नआउँदासम्म नियमित भाडादरमै नियमित उडान गर्ने बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK