Skip to content
LAXMI SUNRISE BANK

ट्रम्पको निर्मम निर्णयः क्यानडाका मदिरा, दुग्धजन्य वस्तु र मोटरसाइकल आयातमा प्रतिबन्ध !

अर्थ सरोकार

काठमाडौँ । अमेरिकाले क्यानडाबाट आयात हुने वस्तुहरुमा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने मदिरा, दुग्धजन्य वस्तु र मोटरसाइकलमा प्रतिबन्ध लगाएका हुन् ।

कार्यकारी आदेश जारी गर्दै ट्रम्पले क्यानडाले अमेरिकी व्यवसायप्रति भेदभाव गरेको भन्दै सेप्टेम्बर २९ देखि लागू हुनेगरी नयाँ आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

क्यानडाले अमेरिकी वस्तुमा प्रतिशोधात्मक कर लागू गरेपछि अमेरिकाले यस्तो कदम चालेको बताइएको छ । यता क्यानडाका व्यापारमन्त्री डोमिनिक लेब्लाङ्कले उक्त कदमलाई अनुचित भनेका छन् । 

त्यस्तै, उनले अमेरिकासँग वार्तामार्फत समस्यान समाधानका लागि पहल गर्ने पनि बताएका छन् । हाल क्यानडाको कुल निर्यातमध्ये दुई तिहाई भन्दा बढी अमेरिका जाने गरेको छ । सन् २०२५ मा मात्र क्यानडाबाट ६८ करोड ७० लाख अमेरिकी डलर बराबरको मदिरा, २६ करोड ९० लाख डलर बराबरको दुग्धजन्य वस्तु र ९ करोड डलर बराबरको मोटरसाइकल अमेरिका निर्यात भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK